बुढीगंगामा डाक्टर बाबु र नर्स छोरीको मृत्यु

१७ कात्तिक ७६, सोमबार

१८ कात्तिक, विराटनगर ।
कोशी राजमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका १ स्थित शान्ति चोकमा सवारी दुर्घटना हुँदा एकैपरिवारका दुईजनाको मृत्यु भएको छ ।

सोमबार बिहान भएको सवारी दुर्घटनामा परी डाक्टर र नर्स रहेका बाबु छोरीको मृत्यु भएको हो । दुर्घटनामा परी बुढीगंगा गाउँपालिका ५ घर भएका ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. सुवालाल माझी र स्टाफ नर्स रहेकी उनकी छोरी २६ वर्षीया अञ्जली माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

को २७ प १०२२ नम्बरको मोटरसाइकलमा विराटनगर आउँदै गरेका उनीहरुलाई सुनसरीको खनारतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको बसले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते भएका दुवै जनालाई उपचारका क्रममा विराट अस्पतालमा र्पुयाउँदा चिकित्सकले मृत घोषणा गरेको खिँउजुको भनाइ छ । सुवालाल विराटनगरको गोल्छा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ हुन भने अञ्जलीकुमारी न्युरो अस्पतालकी स्टाफ नर्स हुन ।

लेन अनुशासन मिचेर तीव्र गतिमा अघि बढिरहेको बसले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । बस र चालक सिरहाका सञ्जिव खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top