कर्मचारीसँग प्रेमसम्बन्ध राखेपछि म्याकडोनल्ड्सका प्रमुख कार्यकारी बर्खास्त

१८ कात्तिक, एजेन्सी । अमेरिकी प्रसिद्ध रेष्टुराँ म्याक्डोनल्ड्सले आफ्ना प्रमुख कार्यकारी स्टीभ इस्टरब्रुकलाई जागिरबाट निष्काशन गरेको छ । आफ्नै कार्यालयका एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको पाइएपछि उनलाई निष्काशन गरिएको हो ।

‘कम्पनीको नीति उल्लंघन गरेको’ र ‘कमजोर निर्णय क्षमता देखाएका’ भन्दै इस्टरब्रुकलाई हटाइएको म्याकडोनल्ड्सले जनाएको छ । यद्यपि, दुई जनाबीचको सम्बन्ध सहमतिमै आधारित भएको पनि उसले प्रष्ट्याएको छ ।

इस्टरब्रुकले पनि महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको कर्मचारीहरूलाई पठाएको पत्रमा उल्लेख गरेका छन् । कम्पनीको मूल्यलाई ध्यान दिँदै जागिर छोड्न बोर्डसँग सहमति गरेको पनि उनले बताएका छन् ।

कम्पनीको नीतिले व्यवस्थापकहरूलाई आफूसँग तल्लो तहका कर्मचारीसँगको प्रेम सम्बन्धलाई रोकेको छ ।

५२ वर्षीय ब्रिटिश नागरिक इस्टरब्रुकले श्रीमतीसँग भने सम्बन्धविच्छेद गरिसकेका छन् । यसअघि पहिलो पटक सन् १९९३ मा उनले लन्डनमा म्याक्डोनल्ड्सको व्यवस्थापकका रूपमा काम थालेका थिए ।

सन् २०१५ मा उनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी पदमा नियुक्त भएका उनलाई म्याक्डोनल्ड्सका मेन्यू तथा रेस्टुराँमार्फत् अझ राम्रा कुरा पस्केर कम्पनीलाई अगाडि बढाएको श्रेय जाने गरेको छ । उनकै कार्यकालमा कम्पनीको शेयर मूल्य पनि दुई गुणाभन्दा बढीले बढेको थियो ।

म्याक्डोनल्ड्सका अध्यक्ष र बोर्ड सदस्य पदबाट पनि उनले राजीनामा दिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पदबाट हटाइएपछि उनलाई दिइने रकमबारे भने जानकारी गराइएको छैन ।

इस्टरब्रेुकको स्थान अब कम्पनीकै क्रिश केम्पजिन्स्की पाउने पनि जनाइएको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top