२० कात्तिक, धनगढी ।
बझाङमा सशस्त्र द्वन्दका बेला लुकाइएका २० वटा सकेट बम फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नावय उपरीक्षक गणेश बहादुर बमका अनुसार बझाङको बुङ्गल नगरपालिका–६ का स्थानीय देउमल धामीको खेतमा उक्त बम भेटिएको हो ।
बारीमा काम गर्दै गर्दा प्लास्टिकमा बेरेर राखेको डल्लो भेटेपछि धामीले प्रहरीलाई खबर गरेका थिए। प्लास्टिक हेर्दा २० वटा सकेट बम भेटिएका बमले बताए। नेपाली सेनाले उक्त बम डिस्पोज गरेको प्रहरी नावय उपरीक्षक बमले बताए।