२१ कात्तिक, विराटनगर ।
भारतले आफ्नो देशको नक्सामा नेपालको भुमी समेटिएपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भईरहेको छ । भारतले आफ्नो दादागिरी देखाउँदै नेपालको लिपुलेक, कालापानी र लिम्पीयाधुरालाई आफ्नो नक्सामा राखेको भन्दै बिहीबार नेपाल–भारत सीमा क्षेत्र जोगबनीमा प्रदर्शन भएको छ ।
स्वतन्त्र युवा समुहको आयोजनमा बिराटनगरका युवा विद्यार्थीहरुले सडक प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले भारतीय विस्तारवाद मुर्दावाद, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे,हाम्रो सिमाना मिचेको हो कि बेचेको?,सरकार किन मौन छ? लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा स्वतन्त्र युवा समुहका अध्यक्ष मो. हमिद आजाद , विद्यार्थी नेता वसिम आलम, सुरेश पोखरेल ,प्रकाश पोखरेल, स्वयमभु कार्की, नविन निरौला लगायतका युवाले आफ्नो देशका सिमा रक्षाका लागी जस्तोसुकै कदम चाल्ने धारणा राखेका थिए ।