×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

लुम्बिनीमा हुने त्रिपिटक वाचनमा २५ देश सहभागी हुने

२१ कार्तिक २०७६

२१ कात्तिक, रुपन्देही । 

बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्ष हुने अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचनमा २५ देशले सहभागिता जनाउने भएका छन् । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम हुन लागेको हो ।

Advertisement
Advertisement

कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत देशका भिक्षु, गुरुआमा, लामा ,आनी तथा उपासक उपासिकाकोे सहभागिता रहने आयोजक समितिका सचिव हेमबहादुर विष्टले जानकारी दिए ।

आयोजक समितिका संयोजक भिक्षुमैत्री महास्थविरका अनुसार तीनदिने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ । पहिलो दिन नेपाली भिक्षुले सुत्रपिटकअन्तर्गतको दीर्घनिकायको बह्रमजालसूत्र वाचन गरेर त्रिपिटक वाचनको शुरुआत गर्नेछन् । दोस्रो दिन म्यान्माका भिक्षुले अभिधम्म पिटक वाचनको नेतृत्व गर्नुहुने छ भने तेस्रो दिन थाई भिक्षुुले विनयपिटक वाचन कार्यक्रमको नेतृत्व गर्नुहुने कार्यक्रम तय भएको छ ।

‘गत वर्षको कार्यक्रमले राम्रो सन्देश दिएर उत्साह थपेको छ, यो वर्ष पनि बौद्ध शिक्षा र त्रिपिटकको महत्वबारे सबैलाई सचेत गराउन कार्यक्रम महत्वपूर्ण हुनेछ’, सञ्चारकर्मीहरुसँगको कुराकानीमा भिक्षुमैत्रीले भने । त्रिपिटक वाचन कार्यक्रमले विश्वका बौद्धमार्गीको ध्यान तान्ने उनको विश्वास छ ।

त्रिपिटक वाचनअघि लुम्बिनीसहित बुद्ध सर्किट क्षेत्रमा शान्ति पदयात्रा गर्ने कार्यक्रम छ । पहिलो दिन कत्तिक २५ गते लुम्बिनीदेखि रामग्रामसम्म शान्ति पदयात्राको कार्यक्रम छ । दोस्रो दिन २६ गते लुम्बिनीदेखि तौलीहवासम्म पदयात्रा कार्यक्रम गरी साँझ लुम्बिनी फर्केर मायादेवी मन्दिरमा पूर्णिमा उत्सव मनाइनेछ । तेस्रो दिन अन्य बुद्ध सर्किट क्षेत्रमा पदयात्राको कार्यक्रम राखिएको भिक्षुमैत्रीले बताए ।

पदयात्रामा भिक्षु, गुरुआमा, बौद्ध उपासक उपासिकालगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहनेछ । कार्यक्रम सम्पन्न गर्न रु एक करोड बराबरको खर्च लाग्ने अनुमान गरिएको छ । त्रिपिटक वाचन सम्पन्न गर्न यसअघि भिक्षुमैत्रीको संयोजकत्वमा अन्तरराष्ट्रिय त्रिपिटक वाचन समिति गठन गरिएको थियो । भिक्षुका अनुसार त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदायले मान्छन् । यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो जसमा भगवान् बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ भने विभिन्न भाषामा अनुवाद भएको छ ।

यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचन सङ्ग्रह गरिएको छ । बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलङ्कासहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गरेका थिए । गौतमबुद्धको महापरीनिर्वाणपछि विभिन्न सङ्घमार्फत बुद्ध वचनलाई एक सूत्रमा सङ्ग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ । अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको सङ्ग्रह नै ‘त्रिपिटक’ हो ।

Advertisement

त्रिपिटकअन्तर्गतका विनयपिटकलाई सुत्तपिटक र अभिधम्म पिटकलाई विभिन्न चरणमा विभाजन गरिएको छ । विनयपिटक अन्तर्गत सुत्तविभङ्ग, खन्धक, परिवार, पातिमोक्ख छन् । सुत्तपिटकअन्तर्गत दीघनिकाय, मज्झिम निकाय, संयुक्तनिकाय, अङ्गुत्तर निकाय, खुद्दक निकाय र अभिधम्मपिटकअन्तर्गत धम्मसङ्गणी, विभङ्ग, धातुकथा, पुग्गलपञ्ञती कथावत्थु, यमक र पट्ठान छन् । रासस

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top