NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ? शनिबार भदौ २१ , २०८२
सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र शनिबार भदौ २१ , २०८२
भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली शनिबार भदौ २१ , २०८२
युक्रेनमा पश्चिमा सुरक्षा पुटिनलाई मान्य छैन, यस्तो चेतावनी शनिबार भदौ २१ , २०८२
Next
Prev

समाचार

लुम्बिनीमा हुने त्रिपिटक वाचनमा २५ देश सहभागी हुने

बिहिबार कार्तिक २१ , २०७६
Reading Time: 1 min read
A A
लुम्बिनी गुरुयोजना ४१ वर्षदेखि अधुरै, अझै बनेन पर्यटक अड्याउने रणनीति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ कात्तिक, रुपन्देही । 

बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्ष हुने अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचनमा २५ देशले सहभागिता जनाउने भएका छन् । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम हुन लागेको हो ।

कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत देशका भिक्षु, गुरुआमा, लामा ,आनी तथा उपासक उपासिकाकोे सहभागिता रहने आयोजक समितिका सचिव हेमबहादुर विष्टले जानकारी दिए ।

LS Auto

आयोजक समितिका संयोजक भिक्षुमैत्री महास्थविरका अनुसार तीनदिने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ । पहिलो दिन नेपाली भिक्षुले सुत्रपिटकअन्तर्गतको दीर्घनिकायको बह्रमजालसूत्र वाचन गरेर त्रिपिटक वाचनको शुरुआत गर्नेछन् । दोस्रो दिन म्यान्माका भिक्षुले अभिधम्म पिटक वाचनको नेतृत्व गर्नुहुने छ भने तेस्रो दिन थाई भिक्षुुले विनयपिटक वाचन कार्यक्रमको नेतृत्व गर्नुहुने कार्यक्रम तय भएको छ ।

‘गत वर्षको कार्यक्रमले राम्रो सन्देश दिएर उत्साह थपेको छ, यो वर्ष पनि बौद्ध शिक्षा र त्रिपिटकको महत्वबारे सबैलाई सचेत गराउन कार्यक्रम महत्वपूर्ण हुनेछ’, सञ्चारकर्मीहरुसँगको कुराकानीमा भिक्षुमैत्रीले भने । त्रिपिटक वाचन कार्यक्रमले विश्वका बौद्धमार्गीको ध्यान तान्ने उनको विश्वास छ ।

त्रिपिटक वाचनअघि लुम्बिनीसहित बुद्ध सर्किट क्षेत्रमा शान्ति पदयात्रा गर्ने कार्यक्रम छ । पहिलो दिन कत्तिक २५ गते लुम्बिनीदेखि रामग्रामसम्म शान्ति पदयात्राको कार्यक्रम छ । दोस्रो दिन २६ गते लुम्बिनीदेखि तौलीहवासम्म पदयात्रा कार्यक्रम गरी साँझ लुम्बिनी फर्केर मायादेवी मन्दिरमा पूर्णिमा उत्सव मनाइनेछ । तेस्रो दिन अन्य बुद्ध सर्किट क्षेत्रमा पदयात्राको कार्यक्रम राखिएको भिक्षुमैत्रीले बताए ।

पदयात्रामा भिक्षु, गुरुआमा, बौद्ध उपासक उपासिकालगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहनेछ । कार्यक्रम सम्पन्न गर्न रु एक करोड बराबरको खर्च लाग्ने अनुमान गरिएको छ । त्रिपिटक वाचन सम्पन्न गर्न यसअघि भिक्षुमैत्रीको संयोजकत्वमा अन्तरराष्ट्रिय त्रिपिटक वाचन समिति गठन गरिएको थियो । भिक्षुका अनुसार त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदायले मान्छन् । यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो जसमा भगवान् बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ भने विभिन्न भाषामा अनुवाद भएको छ ।

यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचन सङ्ग्रह गरिएको छ । बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलङ्कासहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गरेका थिए । गौतमबुद्धको महापरीनिर्वाणपछि विभिन्न सङ्घमार्फत बुद्ध वचनलाई एक सूत्रमा सङ्ग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ । अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको सङ्ग्रह नै ‘त्रिपिटक’ हो ।

त्रिपिटकअन्तर्गतका विनयपिटकलाई सुत्तपिटक र अभिधम्म पिटकलाई विभिन्न चरणमा विभाजन गरिएको छ । विनयपिटक अन्तर्गत सुत्तविभङ्ग, खन्धक, परिवार, पातिमोक्ख छन् । सुत्तपिटकअन्तर्गत दीघनिकाय, मज्झिम निकाय, संयुक्तनिकाय, अङ्गुत्तर निकाय, खुद्दक निकाय र अभिधम्मपिटकअन्तर्गत धम्मसङ्गणी, विभङ्ग, धातुकथा, पुग्गलपञ्ञती कथावत्थु, यमक र पट्ठान छन् । रासस

लोकप्रीय

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२

विचार

थप समाचार

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?
अन्तर्राष्ट्रिय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
ताजा समाचार

भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली

शनिबार भदौ २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.