२२ कात्तिक, विराटनगर ।
मोरङको लेटाङस्थित चिसाङ खोलाबाट अवैध उत्खननमा संलग्न ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी गस्ती टोलीले चिसाङ् खोलामा अबैध रुपमा ढुङ्गा उत्खनन गरी लोड गरिरहेको अबस्थामा को २ त ३०१७, को २ त ६९०० र को ३ त ८६ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको र ट्रयाक्टर धनी, चालक र सह–चालकहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङ पठाईएको प्रहरीले जनाएको छ ।