मोरङको लेटाङबाट अवैध उत्खननमा संलग्न ट्रयाक्टर पक्राउ

मोरङको लेटाङबाट अवैध उत्खननमा संलग्न ट्रयाक्टर पक्राउ

२२ कात्तिक, विराटनगर ।
मोरङको लेटाङस्थित चिसाङ खोलाबाट अवैध उत्खननमा संलग्न ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी गस्ती टोलीले चिसाङ् खोलामा अबैध रुपमा ढुङ्गा उत्खनन गरी लोड गरिरहेको अबस्थामा को २ त ३०१७, को २ त ६९०० र को ३ त ८६ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको र ट्रयाक्टर धनी, चालक र सह–चालकहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङ पठाईएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.