×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

ललितपुरको छपेलीदेखि माझखण्डसम्म केबुलकार सरर, २ घण्टाको बाटो ५ मिनेटमै

२२ कार्तिक २०७६

२२ कात्तिक, काठमाडौँ । 

ललितपुरको छपेलीदेखि माझखण्डसम्म ८४ करोडको लागतमा केबुलकार बन्ने भएको छ । छपेलीदेखि माझखण्डसम्म २ दशमलव ८ किलोमिटर क्षेत्रमा केबुलकार बन्ने भएको हो । ललितपुर जिल्ला बाग्मती गाउँपालिकाको ३ नम्बर वडाको छपेलीदेखि ५ नम्बर वडाको माझखण्डसम्म सञ्चालन हुने गरी केबलकार निर्माण हुने भएको हो । डेस्टिनेशन माझखण्ड प्रालिले निर्माण कार्य शुरु गर्ने तयारी गरेको छ ।

Advertisement
Advertisement

२०७७ सालको दशैंमा केबुलकार सञ्चालन हुने गरी निर्माण शुरु हुन लागेको कम्पनीका अध्यक्ष गोपाल सञ्जेलले बताए । स्वीट्जरल्यान्डको आधुनिक प्रविधि प्रयोग गरेर केबुलकार निर्माण हुनेछ । केबलकारको गति प्रतिसेकेन्ड १० मिटरको हुनेछ र २ दशमलव ८ किलोमिटर ५ मिनेटमा पार गर्नेछ ।

अहिले छपेलीदेखि माझखण्ड पुग्न गाडीमा २ घण्टा लाग्छ । केबुलकार सञ्चालमा आएपछि २ घण्टाको बाटो ५ मिनेटमा नै पार गर्न सकिन्छ । नेपालमा हाल सञ्चालित केबलकारको एउटा खण्डमा ६ सीट मात्रै हुने गरेको छ । ललितपुमा बन्न लागेको केबुलकार २५ सीट क्षमताको हुनेछ । उक्त केबलकारको बीचबीचमा पोलहरु पनि हुँदैन । शुरु र अन्त्यको स्टेशनमा मात्रै पोल हुने जनाइएको छ ।

सो स्थानमा कम्पनीले केबलकार सहित ४० करोडको लागतमा तीनतारे होटल र ७ करोडको लगानीमा फनपार्क र रेस्टुराँ समेत सञ्चालनमा ल्याउने जनाएको छ । कूल लगानीको ८० प्रतिशत विदेशी लोन र २० प्रतिशत स्वदेशी लगानी रहने जनाइएको छ । केबलकार पार्किङसहित तल्लो स्टेशनका लागि १० रोपनी, माथिल्लो स्टेशनका लागि ५ रोपनी, तीनतारे होटलका लागि २० रोपनी तथा रेस्टुराँ र फनपार्कका लागि १० रोपनी गरी ४५ रोपनी जग्गा कम्पनीले खरिद गरिसकेको छ ।

कम्पनीका अध्यक्ष सञ्जेलले केबलकार, होटल र फनपार्क निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताबीच सहमति जुटिसकेको बताए । यही महिनाबाटै निर्माण शुरु गर्ने समेत उनले बताए । नेपालमा हाल सञ्चालनमा रहेका केबलकारहरूमा अस्ट्रियाली कम्पनी डबल मायरको प्रविधि प्रयोगमा छ । तर, माझखण्डमा बन्ने केबलकार स्वीट्जरल्यान्डको बार्फोलेट कम्पनीले बनाउने गरी समझदारी (एमओयू) भएको छ । केबलकारका लागि चाहिने डब्बा लगायत सम्पूर्ण प्राविधिक काम बार्फोलेटले नै गर्ने सहमति भएको अध्यक्ष सञ्जेलले बताए ।

उनका अनुसार दुईओटा डब्बाले केबलकारको सेवा दिने गरी संरचना बनाइने छ । केबलकारको एक डब्बाले २ हजार किलोसम्म बोक्न सक्ने बताए ।

Advertisement

माझखण्डमा पर्यटकीय संभावना
स्थानीयवासीलाई आवतजावतमा फाइदा त हुने नै भयो, माझखण्डमा रुद्रेश्वर महादेवको मन्दिर र बौद्ध विहार छन् । छुट्टी मनाउनका लागि पनि केबलकारको उपयोग हुने र आन्तरिक पर्यटक आकर्षित गर्न सकिन्छ । उक्त केबलकारको संरचना निर्माणका लागि प्रारम्भिक वातावरणीय मूल्यांकन(ईआईए) लगायत सबै प्रक्रिया पूरा भइसकेको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top