सरकारले कूटनीतिक माध्यामबाट सीमा समस्या समाधान गर्ने

२४ कात्तिक ७६, आइतबार
Share this
734shares

२४ कात्तिक, काठमाडौँ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कूटनीतिक माध्यामबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको यथेष्ट प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै त्यसैको आधारमा ती समस्या समाधान गर्न सरकार लागिपर्ने दृढता व्यक्त गरेका हुन् ।

Advertisement

उनले त्यसका लागि सरकारलाई राष्ट्रिय सहमति प्राप्त भएको पनि स्मरण गराए । सत्तारुढ नेकपामा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले आईतबार ती समस्या तत्काल समाधान गर्न दिएको ज्ञापन पत्र बुझ्दै उनले भारतले बल मिचाई गरेर कालापानीलाई पनि आफ्नो सीमामा राखेर एक पक्षीय नक्सा जारी गरेको उल्लेख गर्दै स्वीकार्य नहुने पनि स्पष्ट पारे । ‘यसमा नेपालको सदैव असहमति रहँदै आएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘यो स्विकार्य हुनै सक्दैन ।’ उनले हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङदी नदी भएको भन्दै अनेक कृतिमता खडा गरेर भारतले बलमिचाई गरेको पनि बताए ।

यता, अनेस्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले मन्त्री ज्ञवालीलाई कालापानी र सुस्ताको तत्काल स्थलगत अवलोकन गरी भारतीय पक्षको हेपाहा प्रवृत्तिबाट आहात भएका जनताको जीवनलाई सहज बनाई दिन पनि मन्त्री ज्ञवालीको गम्भिर ध्यानाकर्षण गराएका थिए । अनेरास्ववियूले सरकारले भारतले अतिक्रमण गरेको सीमा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री ज्ञवालीप्रति आभार पनि व्यक्त गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top