२८ कात्तिक, इटहरी ।
भारतले नेपाली भूमि मिचेको भन्दै इटहरीमा भारतविरुद्ध विरोध प्रदर्शन भएको छ । नागरिक समाजको इटहरीको अगुवाईमा दर्जनौं संघसंस्थाका प्रतिनिधिले बिहीबार बिहानै मुख्य राजमार्गमा पुगेर भारतविरुद्ध प्रदर्शन गरेका थिए ।
विरोध कार्यक्रममा इटहरी उपमहानगरपालिकामा मेयर द्वारिकलाल चौधरी पनि उपस्थित थिए । विरोध कार्यक्रममा मेयर चौधरीले भारतको हेपाहा प्रवृत्तिको विरोध गर्नुपर्ने बताए ।

त्यस्तै, नागरिक समाजका पूर्वअध्यक्ष कमलेश शर्मा पौडेलले भारतले नेपाललाई असल छिमेकी व्यवहार प्रस्तुत गर्न नसकेको बताए ।