घर सल्लाह नगरी विदेश जानेलाई एयरपोर्टमै रोक्न श्रम कार्यालयले पत्र काट्यो

२८ कात्तिक ७६, बिहीबार
Share this
683shares

२८ कात्तिक, विराटनगर ।
घर सल्लाह नगर श्रीमान विदेश जान लागेको भन्दै निवेदन परेपछि श्रम कार्यालय विराटनगरले विदेश जान खोज्ने श्रीमानलाई एयरपोर्टमै रोकिदिन पत्र काटेको छ । आफू र तीन वर्षका छोराको बिचल्ली बनाएर श्रीमान सुन्दरहरैँचा–१२ का सचिन दाहाल वैदेशिक रोजगारीमा जान लागेको भन्दै श्रीमती दिप्तीको निवेदन परेपछि उजुरीका आधारमा सचिनलाई विमानस्थलमा रोक्न श्रम कार्यालयले लिखित पत्र काटेको हो ।

Advertisement

घरसल्लाह नगरी परिवारको विचल्ली पारेर हिँडेको भनेर आएको उजुरीको आधारमा सचिनलाई एयरपोर्टमा रोक्न पत्र काटेको श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए । सचिन दुवई जाने तयारीमा छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ का २४ वर्षीय सचिन र इटहरी– ५ की २३ वर्षीया दिप्ती सिलवालबीच पाँच वर्षअघि प्रेम विवाह भएको थियो । पछिल्लो समय माइत बस्दै आएकी दिप्तीले घरसल्लाह बिना सुटुक्क विदेश जान लागेका श्रीमानलाई रोक्न माग गर्दै उजुरी दिएकी हुन् ।

Advertisement

विवाहपछि काठमाडौंमा कपडा पसल गरेर बसेका दिप्ती र सचिन तीन वर्ष यता यता घरमा बस्दै आएका थिए । तर परिवारबाट घरेलु हिंसा भएपछि महिलाले इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएकी थिइन् । प्रहरी कार्यालयले दुबै पक्षलाई मिलापत्र गराएर पठाएको थियो । तर श्रीमान र परिवारले पुन हेला गरेपछि छोरा सहित सात महिनायता माइतमा बस्दै आएकी दिप्तीले बताइन। विदेश जान लागेको पनि आफन्तबाट थाहा पाएर रोकिदिन माग गर्दै श्रम कार्यालयमा आएको उनले बताइन्।

उनीहरु दुवैजना मिलेर आएमात्र सचिनलाई विदेश जान खुल्ला गर्न सकिने सञ्जेल बताउँछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top