बंगलादेशी राष्ट्रपति हमिदको काठमाडौंको चन्द्रागिरी भ्रमण रद्द

बंगलादेशी राष्ट्रपति हमिदको काठमाडौंको चन्द्रागिरी भ्रमण रद्द

२९ कार्तिक, काठमाडौं । बंगलादेशी राष्ट्रपति अब्दुल हमिदको काठमाडौंको चन्द्रागिरी भ्रमण रद्द भएको छ । शुक्रबार उनी भ्रमण दलको सदस्यसहित त्यहाँ पुग्ने कार्यक्रम थियो । तर स्वास्थ्यमा समस्या आएपछि भ्रमण कार्यक्रम रद्द भएको चन्द्रागिरी हिल्सका म्यानेजर अभिशेक विक्रम शाहले जानकारी दिए ।

यसअघि उनले बिहीबार पोखरा भ्रमण गरेका थिए। उनले पोखरा र आसपासको दृश्यावलोकन गरेका थिए । पोखरा र लेखनाथका विभिन्न भूभागसहित रुपाताल र बेगनासतालको दृश्य एक साथ अवलोकन गर्न सकिने यहाँबाट देखिएको माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिम शृङ्खलालाई राष्ट्रपति हमिद चाखका साथ अवलोकन गरेका थिए ।

मंगलबार काठमाडौं उत्रेका राष्ट्रपति हमिदले त्यही दिन भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका थिए । राष्ट्रपति हमिद बुधबार राजनीतिक भेटघाटमा व्यस्त रहे । उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.