खोलामा डुबेर ३ बर्षीय बालकको मृत्यु

२ मंसिर ७६, मंगलबार

३ मंसिर, खोटाङ ।

खोटाङको खोटेहाङ गाउँपालिका–७ रातामाटाका हिमाल राईको ३ बर्षीय छोरा साहिल राईको खोलामा डुबेर मृत्यु भएको छ ।

सोमबार अपरान्ह साँढे ४ बजेको समयमा खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ ।

Advertisement

उक्त स्थानमा खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि प्राथामिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top