फिफा विश्वकप एसियाली छनोटमा कुवेतविरुद्ध नेपालको खेल आज

२ मंसिर ७६, मंगलबार

३ मंसिर, एजेन्सी । फिफा विश्वकप एसियाली छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध नेपालको खेल मंगलबार हुँदैछ । भुटानको चाङ्लिमिथाङ मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

खेलअघि पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली टिमका प्रशिक्षक योहान कलिनले कुवेतसँग अंक खोस्ने दाबी गरेका छन् । दशरथ रंगशाला पूनर्निमाण नसकिएको कारण नेपालले कुवेतसँगको घरेलु खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा खेल्न लागेको हो ।

खेलका लागि भुटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगरसहित चार जना मुख्य खेलाडी नाइट क्लबमा गएको पाइएपछि उनीहरु बर्खास्तमा परेका छन् । उनीहरुको अनुपस्थितमा पनि आफूसँग उपलब्ध खेलाडीबाट नै राम्रो नतिजा निकाल्ने विश्वास प्रशिक्षक कालिनको छ ।

छनोट चरणमा कुवेतविरुद्धको पहिलो खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । चार अवे खेलमा १ खेल मात्र जितेको नेपाल ३ अंकसहित तालिकाको चौथो स्थानमा छ । शतप्रतिशत जित निकालेको अष्ट्रेलिया १२ अंकसहित शीर्षस्थानमा छ ।

चाइनिज ताइपेईलाई २–० ले हराएपछि नेपालले खेलेको तीनवटै खेलमा पराजय भोगेको छ । नेपाल अष्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० ले पराजित भएको थियो । कुवेतविरुद्धको खेलको तयारी स्वरुप म्यानमारसँगको मैत्रीपूर्ण खेलमा नेपाल ३–० ले नै हारेको थियो ।

मंगलबार नै जोर्डन र चाइनिज ताइपेई पनि खेल्दैछन् । यो खेल जोर्डनमा नेपाली समय अनुसार साँझ पौने आठ बजे हुनेछ । चार खेल सकिँदा चाइनिज ताइपेई जितविहीन छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top