२१ हजार घुससहित वडाध्यक्ष रङ्गेहात पक्राउ

२ मंसिर ७६, मंगलबार

३ मंसिर, विराटनगर ।
मोरङको जहदा गाँउपालिका–१ का कार्यवहाक वडाध्यक्ष उमेशकुमार साह घुस लिदै गर्दा रङ्गेहात पक्राउ परेका छन्।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले मंगलबार साहलाई घुस रकम २१ हरसहित वडा कार्यालय भित्रैबाट पक्राउ गरेको हो।

स्थानीय सडक स्तरोन्‍नतिका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिएका छन्।

Advertisement

प्रवक्ता ढकालका अनुसार सोमबार योजनाको सम्झौता हुनुपर्ने भएपनि हाल १० प्रतिशत घुस मागसहित योजनाको सम्झौता हुने क्रममा रहेको थियो। सोही क्रममा एकदिन ढिलो गरी सम्झौता गर्न आएको जनाउँदै साहले २० हजार रुपैयाको स्थानमा १ हजार रुपैया बढि माग गरेको उनले स्पस्ट पारेका छन्।

साहमाथि कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिने उनको भनाइ छ। वडाका अध्यक्ष प्रदीप यादव भने हत्या अभियोगमा लामो समयदेखि फरार छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top