प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले कार्यभार सम्हाले

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले कार्यभार सम्हाले

३ मंसिर, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्माका प्रेस सल्लाहकार सूर्य थापाले कार्यभार सम्हालेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मंगलबार दिउँसो पत्रकारहरु भेला पारेर कार्यभार सम्हालेका हुन् ।

त्यस अवसरमा उनले प्रधानमन्त्री कार्यालयबाट प्राप्त हुने सबै सूचनामा पत्रकारहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रेस नोटमार्फत् अन्य मन्त्रालयका लोकप्रिय कार्यक्रमबारे पनि आफूले समाचार माध्यामहरुलाई जानकारी दिन पहल गर्ने पनि बताए । तर संचार माध्यामहरुले अनुमानको आधारमा समाचार भने बनाउन नहुने पनि उनले पटकपटक दोहो¥याए । आफू सूचना लुकाउने संस्कृतिबाट नआएको थापाको भनाई थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जनताबीच सरकारको सत्य, तथ्य र यथार्थपरक जानकारी मिडियामार्फत सार्वजनिक गराउन आफू सदा तत्पर हुने पनि बताए । झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारको भूमिका निर्वाह गरिसकेका उनले आफूले सूचना लुकाउन दिनु हुँदैन भन्ने मान्यताको आधारमा प्रेस नोट जारी गर्ने प्रचलन सुरु गरेको दावी समेत गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.