आजका प्रमुख खबरहरुः
१.(लम्बे प्रक्रिया)
नेपाल भारत तथा नेपाल चीन सीमा निरीक्षण समिति बनाउने मन्त्रिपरिषद् बैठकको निर्णय / कुटनीतिक र राजनीतिक प्रयासबाट सीमा विवाद टुंग्याउने सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनाई ।
२.(सपथ र कार्यभार)
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रीपरिषद पुनर्गठन गरेसंगै आज नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुद्वारा पद तथा गोपनियताको सपथ ग्रहण /मन्त्रीहरुद्वारा पदभार ग्रहण ।
३.(ह्रृदयेशको प्रतिबद्धता)
कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने नवनियुक्तसामान्य प्रशासन मन्त्री ह्रृदयेश त्रिपाठीको प्रतिवद्धता /स्थानीय तहमा संस्थागत आर्थिक सुशासन कायम गराउन समेत जोड दिने उल्लेख ।
४.(मन्त्रीका कुरा)
आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने नवनियुक्त कृषिमन्त्री घनश्याम भुसालको प्रतिवद्धता /परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायीक कृषिको विकासमा केन्द्रित रहने ।
५.(हेर्दै जाऔं)
भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढने नवनियुक्त भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङद्वारा प्रतिवद्धता / सडकको दूरावस्थाबारे आफू जानकार रहेकाले सो समस्या समाधान गर्न समस्या नहुने जिकिर ।
६.(बालविवाह विरुद्ध)
बाल विवाह अन्त्य हुने गरी राष्ट्रिय कार्ययोजना बनाउने नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको प्रस्ताव स्विकृत / सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने कार्यक्रमलाई प्राथमिकता दिइने ।
७.(मुअब्जामा राजनीति)
बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा माग गर्दै समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई धर्नामा / शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिने / १० गतेसम्म मुआब्जा निर्धारण नगरे थप आन्दोलन ।
८.(प्रतिपक्षको खबरदारी)
निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा सरकारलाई सचेत / संवैधानिक परिषद ऐन अध्यादेशमार्फत् ल्याउने सरकारको तयारीप्रति आपत्ति ।
९.(न्यायको खोजी)
सरकारसँग न्यायको खोजी गर्दै द्धन्द्ध पीडितहरुद्वारा काठमाडौंमा प्रर्दशन / १३ वर्ष पुग्दा पनि पीडितलाई न्याय दिने काम नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त ।
१०.(एनसेललाई राहत)
दूरसञ्चार कम्पनी एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै कर तिरे पुग्ने / अदालतको फैसलाका कारण ठूला करदाता कार्यालयले गरेको कर निर्धारणमा करिव १८ अर्ब रुपैयाँ छुट ।
११.(सगरमाथा संवाद)
आगामी चैत्रको तेस्रो साता नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने / विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक र विज्ञहरुबीच जलवायु परिवर्तनको संकट समाधानकालागि संवाद हुने ।
१२.(निरन्तरता पाओस्)
राजस्व छली गर्नेविरुद्ध राजस्व अनुसन्धान विभागले आक्रामक अनुसन्धान र कारबाही अघि बढायो / १७ महिनाको अवधिमा १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर ।
१३.(लगानी जुटाऔं)
नेपालमा उर्जा क्षेत्रमा लगानी बढाउनका लागि काठमाडौमा उर्जा सम्मेलन सुरु / सम्मेलनमा क्षेत्रीय विद्युत् व्यापार, बजार, नियमन, वित्तीय व्यवस्थापन, दिगो विकास, लगाायत विषयमाथि छलफल हुने ।
१४.(सागको तालिका)
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत काठमाडौमा आउँदो बुधबारदेखि भलिबलका खेलहरु सञ्चालन हुँदै / साग मंसिर १५ देखी २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुने ।
र,
१५.(अभियोगमाथि सुनुवाई)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेको संसदीय समितिमा सार्वजनिक सुनुवाइ जारी / युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेर व्यक्तिगत रुपमा राजनीतिक लाभ लिएको ट्रम्पलाई आरोप ।