धनकुटा महोत्सव सुरु

२० फागुन ७४, सोमबार

धनकुटा, फागुन २१
उद्योग बाणिज्य संघ धनकुटाको आयोजनामा ‘कृषि, पर्यटन, स्वास्थ्य, स्वरोजगार, उद्योग र व्यापार, समुन्त प्रदेश नं. १ को आर्थिक विकासको मुल आधार’ भन्ने मूल नाराका साथ आजदेखि धनकुटा महोत्सव सुरु भएको छ ।

Advertisement

प्रदेश नम्बर १ का प्रदेश प्रमुख शेरधन राईले महोत्सवको उदघाटन गर्नुभएको छ । चौथो धनकुटा महोत्सबलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले निजि क्षेत्रलाई प्रदेशको विकास र संबृद्धिका लागि लगानी गर्न प्रोत्साहन गरिने बताए ।

महोत्सव फागुन ३० गतेसम्म धनकुटाको तल्लो टुँडीखेलमा संचालन हुनेछ । महोत्सवमा १ सय २५ वटा प्रर्दशनी र २५ वटा फुड स्टल गरी १ सय ५० वटा स्टल निर्माण गरिएको छ ।

Advertisement

स्टलमा नेपाल एकिकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेस १९ प्रकारका वस्तु, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिवुटी, घरेलु उद्योगवाट उत्पादित वस्तुहरु तथा कला संस्कृति झल्कने कार्यक्रम एवम् वस्तुहरुको प्रदर्शनी रहनेछ ।

महोत्सव अवधिभर करिव १ लाख आन्तरिक तथा वाह्रय पर्यटकहरुले अवलोकन गर्ने र ३ करोड रुपैया भन्दा वढीको आर्थिक कारोवार हुने अनुमान आयोजकको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top