×

NEPAL TIMES UPDATES

Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026

दिनभरका प्रमुख खबरहरु

६ मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(महराको सुनुवाई)
जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा दिइएको निवेदनमा सुनुवाई गर्दै उच्च अदालत पाटनले माग्यो पूर्वसभामुख कृष्णबहादुर महराको कैफियत प्रतिवेदन / महाराको मुद्दाको मिसिल इजलासले माग्यो ।

Advertisement
Advertisement

२.(माग सुनियोस्)
सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन सरकारलाई दवाव दिँदै आएका निर्माण व्यवसायीहरुद्वारा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना / माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने अनुगमन कार्यालयको प्रतिवद्धता ।

३.(मन्त्रीको प्रतिबद्धता)
निर्माण व्यवसायीका समस्या समाधान गर्ने नवनियुक्त भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्बाङको आश्वासन / सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनपछि कुनैपनि विकास निर्माणका काम गर्न नसक्ने व्यवसायीको गुनासो ।

४.(घुस्याहा प्रमुख !)
मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित रंगेहात पक्राउ / सुकुम्बासीको नाममा रहेको जग्गाको विषयमा उच्च अदालत विराटनगरका लागि प्रमाण लिन पुगेका सेवाग्राहीलाई कागजपत्र दिन आनकानी गर्दै घुस मागेको आरोप ।

५.(युवा नेताको चर्तिकला)
बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राई पुर्पक्षका लागि कारागार चलान / राईले कात्तिकमा एक युवतीलाई भैली खेल्न जाने भन्दै बोलाएर बलात्कार गरेको आरोप ।

६.(स्थानीय तहको मनपरी)
स्थानीय तहले लाभग्राहीहरुको झुटो विवरण दिने गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गुनासो / १ लाख ९९ जनाको गुनासो सम्बोधन / १४ प्रतिशत लाभग्राहीहरुको आवास पुनर्निर्माणको काम सुरु गर्न बाँकी ।

७.(अनाथका अभिभावक)
नवनियुक्त महिला, बालबालिकामन्त्री पार्वत गुरुङलाई भेट्न कार्यालय नै पुगे अनाथ बालबालिका / अनाथ बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यले लिने / बाल गृहको नाममा ठगी खानेहरुलाई कार्वाही गरिने ।

८.(विद्युत फालाफाल)
सरकारद्वारा विद्युत निर्यातका लागि बजारको खोजी सुरु / आन्तरिक खपत १५ सय मेघावाट मात्रै भएकाले निर्यातका लागि बजारको खोजी गर्नु परेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई।

९.(बेकामे बैठक)
पोखरामा सम्पन्न नेपाल भारत सीमा सुरक्षा बैठक सीमा अपराध,संयुक्त गस्ती र सूचना आदन प्रदानमै केन्द्रित / विवादित कालापानी, लिपुलेकको विषयले छलफलमा प्रवेशनै पाएन ।

१०.(लगानीको आह्वान)
फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न सरकारको आग्रह / नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फिनल्याण्डका लगानीकर्ताहरु इच्छुक रहेको फिनल्याण्डका राजदुतको भनाई ।

११.(भब्य तयारी)
‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ आगामी जनवरी १ मा ५० हजार जनसमुदायको बीचमा गर्ने सरकारको घोषणा / भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुने ।

१२.(साइकलमा सरर्)
पर्यटन प्रवद्र्धन गर्न राइड टु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु / २५० किलोमिटरको साइकल यात्रा ४ दिनमा जनकपुरको जानकी मन्दिरमा पुगेर समापन हुने ।

१३.(ट्राफिकमा विद्यार्थी)
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयम् सेवकका लागि कानून संकायका विद्यार्थी परिचालन गर्ने / समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत ३ सय ५५ जना युवा ट्राफिक स्वयम्सेवकहरु परिचालित हुने ।

१४.(टर्च ¥याली सुरु)
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च ¥याली काठमाडौँबाट सुरु / टर्च ¥याली विराटनगर हँुदै प्रमुख शहर र सातै प्रदेशमा पुर्याउने / मंसिर १५ मा उद्घाटन हुने साग २४ गते समापन हुने ।

Advertisement
Advertisement

र,
१५.(कङ्गोमा महामारी)
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दादुरा रोगको महामारी / फैलिएको महामारीबाट सन् २०१९ मा मात्र पाँच हजार मानिसको मृत्यु / पर्याप्त खोप उपलब्ध नहुँदा संक्रमण बढ्ने खतरा ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top