संघीयताको अनुभति गर्न अझै तीन वर्ष लाग्छः मुख्यमन्त्री पौडेल

संघीयताको अनुभति गर्न अझै तीन वर्ष लाग्छः मुख्यमन्त्री पौडेल

८ मंसिर, काठमाडौँ ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको अनुभति गर्न अझै दुई तीन वर्ष लाग्ने वताएका छन । जिल्ला समन्वय समिति महासंघ अन्तर्गत प्रदेश ३ को भेलालाई आइतबार चितवनमा सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले संक्रमणकाल नसकिदासम्म संघीयताको अनुभुति गर्न नसकिने बताएका हुन ।

त्यसका लागि अझै दुई तीन वर्ष लाग्ने उनले बताए । उनले प्रदेश सरकारले राम्रा योजनाहरु कार्यान्वयन गरिरहेको उल्लेख गर्दै त्यसको प्रतिफल आउन समेत समय लाग्ने बताए ।

मुख्यमन्त्री पोडेलले प्रदेशमा कर्मचारी अभाव रहेकाले विकास निर्माणका कामहरु प्रभावित भएको समेत बताए । प्रदेश भेलाले १३ वुँदे घोषणा पत्र जारी गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.