×

NEPAL TIMES UPDATES

Playing
‘स्ट्रेट अफ ट्रम्प’ः हर्मुजको नाम बदल्ने ट्रम्पको संकेत, भान्स–नेतन्याहूबीच चर्काचर्की|| Nepal Times
Mar 28, 2026
Playing
World News: इरानमा ८५० टोमहक हानि*यो, अमेरिकी ठेगानाबाट टाढा हुन इरानको चेतावनी || Nepal Times
Mar 28, 2026
Playing
ओली प क्राउपछि एमाले कार्यकर्ताको विरोध उ ग्र, झ डपको अ वस्था सिर्जना|| Nepal Times
Mar 28, 2026
Playing
एमालेले जला यो कार्की आयोगको प्रतिवेदन, बहालवाला न्यायाधीशबाट छानबिन गर्न माग|| Nepal Times
Mar 28, 2026
Playing
Top 15 Afternoon News || Mar-28-2026 || Nepal Times
Mar 28, 2026
Playing
अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने|| Nepal Times
Mar 28, 2026
Playing
ओली–लेखकलाई के स जाय हुनसक्छ? खापुङ किन प क्राउ परेनन् ? || Nepal Times
Mar 28, 2026
Playing
अदाल ती प्रक्रिया के हुन्छ? ओली टिचिङको ‘रेड जोन’मा, लेखक २ नम्बर गणमा|| Nepal Times
Mar 28, 2026
Playing
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्रा*उ
Mar 28, 2026
Playing
विदेशी मिडियामा छाए प्रधानमन्त्री बालेन, कसले के लेखे ? || Nepal Times
Mar 27, 2026

गोरखकाली रबरलाई मन्त्रालयले ३० करोड दिने, कर्मचारी तलबमा खर्चिदै

८ मंसिर २०७६

८ मंसिर, काठमाडौँ ।

लामो समयदेखि तलब नपाएर समस्यामा परेका गोरखकाली रबर उद्योगका कर्मचारीहरुले तलबवापत ३० करोड रुपैयाँ पाउने भएका छन् । कर्मचारीको चार वर्षदेखि रोकिएर रहेको तलबको केही रकम दोस्रो किस्तामार्फत पाउने जनाइएको छ ।

Advertisement

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अुनसार उनीहरुले तलबको दोस्रो किस्तामार्फत ३० करोड रुपैयाँ पाउने भएका हुन् । नेपालकै एकमात्र रबर उद्योग विगत चार वर्षदेखि पूर्ण रुपमा बन्द भएपछि त्यहाँका कर्मचारीहरुले विभिन्न आम हड्ताल गर्दै आएका थिए । तर तलब पाउन सकेका थिएनन् ।

पूँजीको अभावका साथै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेको कारण उद्योग बन्द भएको थियो । कर्मचारीहरुले पहिलो किस्तावापत ३० करोड रुपैयाँ प्राप्त गरिसकेका छन् । उनीहरुले पुनः दोस्रो किस्तावापत ३० करोड रुपैयाँ पाउने भएका छन् । मन्त्रालयले उद्योगका अवकाश प्राप्त कर्मचारीहरुको दोस्रो किस्ताको हर हिसाव भुक्तानी गर्ने सुचना समेत प्रकाशित गरिसकेको छ ।

उद्योग सञ्चालन भएको अवस्थामा कामको चापले फुर्सद नपाउने कर्मचारीहरु र मजदुरहरु पछिल्लो समय हाँजिर लगाएर घर जान थालेका थिए । २०४१ सालमा स्थापना भएको उद्योग सञ्चालनका लागि पटक पटक प्रयास गर्दा पनि सञ्चालन हुन सकेको छैन ।

मन्त्रालयले उद्योगमा काम गर्ने कर्मचारी र मजदुरहरुको करिब ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयले जनाइएको छ । ‘पहिलो किस्तावापत ३० करोड रुपैयाँ भुक्तानी भइसकेको छ’ स्रोतले भन्यो, अझै ३० करोड भुक्तानी गर्ने तयारी भइरहेको छ ।’ उद्योग बन्द हुने ताका उद्योगले करिब २ अर्ब नोक्सानी नाघेको जनाइएको थियो ।

उद्योगमा १ सय ३५ मजदुर र ९७ कर्मचारी कार्यरत थिए । उनीहरुले चार वर्षदेखि तलब नपाएको बताउँदै आएका थिए । हाल मन्त्रालयले जारी गरेको सुचनामा कर्मचारी र मजदुर गरी ३ सय २८ जनाको नामावली निकालेको छ । रबर उद्योग टायर उत्पादनभन्दा राजनीति गर्ने थलोका रुपमा विकास भएपछि उद्योगको अवसान हुन पुगेको आरोप जानकारहरुको छ ।

गण्डकी प्रदेशले पुनः उद्योग सञ्चालन गर्ने भनेपनि त्यसको कुनै सुनुवाइ छैन । उद्योगले २४ घण्टामा ६ सय २४ थान ट्रक टायर र ननट्रक टायर उत्पादन गर्ने क्षमता राख्थ्यो ।

Advertisement

(विकास न्युजबाट)

भर्खरको समाचार

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

सम्बन्धित खबरहरु

Scroll to Top