उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवार : उद्योगमन्त्री भट्ट

१० मंसिर ७६, बुधबार

१० मंसिर, काठमाडौँ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवार बताएका छन् । कर्मचारीहरु निजी स्वार्थमा लागेकाले सरकारले संचालन गरेका उद्योगहरु फष्टाउन नसकेको उनको निष्कर्ष छ ।

Advertisement

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भट्टले धरासायी अवस्थामा रहेका सरकारी उद्योगहरुलाई नाफामुखि बनाउन आफू लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले व्यापार घाटालाई कम गर्न पनि सरकारले संचालनमा ल्याएका उद्योगहरुलाई उत्पादनमुखि बनाउन ढिलाई गर्न पनि स्पष्ट पारे ।

मन्त्री भट्टले उद्योग संचालनमा लागि आवश्यक आन्तरिक तथा बाह्य लगानी बढदै गएको पनि बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top