नहरमा शव फेला

नहरमा शव फेला

राजविराज, फागुन २२
सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित नहरमा आज एउटा बालिकाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार सप्तकोशी नगरपालिका–४ बस्ने अनिल सदाकी दुई वर्षीया छोरी चन्दाको शव नहरमा डुबेको अवस्थामा फेला परेको हो ।

घर छेउमा रहेको नहरमा खेल्ने क्रममा ती बालिका डुबेको स्थानीयवासीले बताएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.