प्रदेश १ सरकारले बनायो बजार अनुगमन समिति

१२ मंसिर ७६, शुक्रबार

१३ मंसिर, विराटनगर । उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, प्रदेश नं १ ले प्रदेश बजार अनुगमन समिति निर्माण गरेको छ ।

Advertisement

समिति निर्माण भएसंगै उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले प्रदेश बजार अनुगमन नियमवाली,२०७६ को नियम ३ को उप नियम २ (ञ) अनुसार समितिको ४ सदस्यलाइ नियुक्त गरेका छन् ।

Advertisement

मन्त्रीस्तरीय निर्णबाट मनोतिक उपभोक्ता अधिकार तथा बजार व्यवस्थापनाका बिषय बिज्ञको रुपमा कृष्णप्रसाद भण्डारी (मार्सेली) छन् । त्यस्तै महिला सदस्य मंजुश्री पराजुली, सदस्यको रुपमा मो. साजिद हुसेन र मेघराज श्रेष्ठ रहेका छन् ।

Advertisement

उपभोक्ता संरक्षण एन २०७५ को दफा ६३ मा भएको व्यवस्था अनुसार प्रदेश बजार अनुगमन समितिको नियमवाली लाइ प्रदेश सरकारले स्वीकृत गरेको हो ।

उपभोक्ताको हक, हित संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन तथा वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धता सम्बन्धी विषयमा सुपरीवेक्षण तथा अनुगमन गर्नको लागि प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी प्रदेश बजार अनुगमन समिति गठन गरिएको हो।

प्रदेश बजार अनुगमन समितिमा २५ जना सदस्य रहनेछन् । जसमा उद्योग, पर्यटन, वन तथा बातावरणका सचिब संयोजक रहने छन् । यस्तै उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख सदस्य सचिब त्यस्तै सात वटै प्रदेश मन्त्रालयका नवौंरदशौं तहका प्रतिनिधिहरु सदस्य रहने छन् ।

यसैगरी नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघ, प्रदेश १ सदस्य, प्रदेश प्रहरी प्रमुख ,सशस्त्र प्रहरी बल प्रमुख, प्रदेश १, नेपाल उद्योग बाणिज्य परिसंघका प्रमुख, प्रदेश १ , नेपाल उद्योग बाणिज्य महासंघका प्रमुख, प्रदेश १,नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रमुख, प्रदेश १ ,नेपाल पत्रकार महासंघ प्रमुख, प्रदेश १,खाद्ध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, प्रदेश १ र उद्योगका प्रमुख आमन्त्रित बिज्ञ सदस्य रहनेछन् ।

समितिमा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय प्रमुख ,औषधि बिभाग व्यवस्था कार्यालय प्रमुख ,स्थानीय भन्सार कार्यालयका प्रमुख आमन्त्रित बिज्ञ सदस्य रहनेछन् ।

प्रदेश बजार अनुगमन समितिले जिल्ला बजार निरीक्षण तथा अनुगमन टोली १४ वटै जिल्लामा निर्माण गर्ने उक्त समितिका बिषय बिज्ञ कृष्णराज भण्डारी (मार्सेली) ले बताए । समितिले नीति निर्माण गर्ने,स्वच्छ बजार अनुगमनको लागि सहयोग गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top