आजका प्रमुख खबरहरुः
१.(उपनिर्वाचनको परिणाम)
तीनवटै तहको रिक्त ५२ स्थानमा शनिबार सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी/ नेकपा २२ स्थानमा विजयी/ कास्कीमा नेकपाकी विद्या भट्टराई जित नजिक/ धरानमा कडा प्रतिस्पर्धा ।
२.(खोई कार्यान्वयन ?)
कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायिक आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च व्यहोर्ने सहमति कार्यान्वयन नभएको भन्दै अधिकारकर्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र /अदालतमा विचाराधीन मुद्धालाई कमजोर बनाउने किसिमका कुराहरु आइरहेकाले छानविन गर्नुपर्ने माग ।
३. (असन्तुष्ट विद्यार्थी)
शिक्षामन्त्रालय र निजी मेडिकल कलेज सञ्चालकहरूबीच भएको शुल्क समायोजन सम्बन्धी सहमतिले ‘आँखामा छारो हाल्ने’ काम गरेको आन्दोलनरत् विद्यार्थीहरुको भनाई / १७ गतेदेखि पढाइ ठप्प पार्ने अल्टिमेटम ।
४.(कृष्णको लीला)
बलात्कार आरोपमा पक्राउकालागि प्रहरी अस्पताल आइपुगेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विराट नर्सिङ अस्पतालको आईसीयूमा भर्ना /एक्कासी मुटुको चाल बढेपछि आईसीयूमा भर्ना गरिएको अस्पताल प्रशासनको भनाई ।
५.(बोली मात्रै हो कि ?)
माओवादी जनयुद्धका क्रममाभएका सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी आफूले लिने नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई / द्वन्द्व पिडितहरुको माग बमोजिम छिट्टै पदाधिकारीहरु नियुक्त हुने उल्लेख ।
६.(सरकारद्वारा विस्थापित)
विराटनगरबाट रंगेली हुँदै झापा जोड्ने हुलाकी राजमार्ग निर्माणका क्रममा सडक बढाएर ७० फिट पुर्याएपछि स्थानीयविस्थापित/ घर भत्काएपनि मुआब्जा दिने आशमा बसेका स्थानीयलाई सरकारले मुआब्जा समेत नदिने भएपछि स्थानीयको विचल्ली ।
७. (निर्यातलाई प्राथमिकता)
नीतिगत सुधारसँगै मुलुकको अर्थतन्त्र सकारात्मक भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको भनाई /सुविधाभोगी क्षेत्रमा ब्याजदर नघटाउने तर निर्यातजन्य उद्योगकालागि ब्याज सहुलियत दिने नीति लागू गरेको जानकारी ।
८.(उद्योगीका बहाना)
मुलुकमा अझैपनि लगानीको वातावरण बन्न नसकेको उद्योगी व्यवसायीहरुको भनाई / हेजिङ ऐन लागू भएपनि त्यसले सबै क्षेत्र समेटन नसकेको र वैदेशिक लगानी प्रभावित भएको गुनासो ।
९.(चिनीमा झेल)
भारतबाट आयातित चिनीको मूल्य भन्दा नेपालमा उत्पादित चिनी महँगो हुनुको कारणको जवाफ उद्योगीहरुले दिनुपर्ने उद्योगमन्त्री लेखराज भट्टको भनाई/ उद्योगीहरु इमान्दार नबन्दा विद्युत महसुल उठन, उत्पादन बढ्न नसकेको तथा उखु किसानहरुले भुक्तानी नपाएको उल्लेख ।
१०.(दःुखद् खबर)
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा एकै परिवारका पाँच जनाको मृत्यु /एम्बुलेन्स चालकको पनि मृत्यु / फरार ट्रक चालकको खोजी जारी ।
११.(पीडितको नालीबेली)
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको निर्णय बदर गरी ६४ जनाभूकम्प पीडित पुनःनिर्माण लाभग्राही सूचीमा सूचीकृत /३८९ लाई गैर लाभग्राही, ३७२ मुद्दा खारेज, ६४ लाभग्राही र १९ मुद्दालाई तामेलीमा ।
१२.(सागको भब्यता)
१३ औं सागको दथरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भव्य उद्घाटन /सागमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यकालागि प्रतिस्पर्धा गर्ने ।
१३.(तालिकामा असन्तुष्टि)
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको फुटबल खेल सोमबारबाट सुरु हुने /सहभागी अधिकांश टोलीका प्रशिक्षकहरुद्वारा खेल तालिकालाई लिएर आपत्ति/ नेपालले आफुले खेल जित्नकालागि खेलतालिका परिवर्तन गरेको आरोप ।
१४.(स्वर्णको भिड्न्त)
१३ औं दक्षिण एसियाली खेलुकद (साग) पुरुष भलिबलमा स्वर्णको लागि भारत र पाकिस्तान भिड्ने पक्का/ दोस्रो सेमिफाइनलमा पाकिस्तानद्वारा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित / कास्य पदककालागि बंगलादेश र श्रीलंका सोमबार भिड्ने ।
र,
१५.(हत्यारालाई कारवाही होस्)
भारतको हैदराबादमा भेटनेरी डाक्टर २७ वर्षीया एक महिलाको बलात्कारपछि हत्याका चार आरोपितलाई कारवाहीको माग गर्दै व्यापक प्रदर्शन /केही ठाउँमा प्रहरीसँग प्रदर्शनकारीको झडप /दोषीलाई तत्काल कारवाही हुनुपर्ने माग ।