कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी

१५ मंसिर, पोखरा ।
प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९४ मत ल्याइ विजयी भएकी छिन् । उनी काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार ४०३ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् ।

कांग्रेस उम्मेदवार खेमराज पौडेलले कुल १५ हजार ९९१ मत ल्याए। यस्तै समाजवादी पार्टीका उम्मेदवार धर्माराज गुरुङले १९ सय २२, राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९४२ मत प्राप्त गरेकी छिन् ।

पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए। त्यसमत्ये ४५५६३ मत खसेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top