मेस्सीले छैटौंपटक जिते बालोन डी’ओर अवार्ड

१७ मंसिर ७६, मंगलबार
Share this
737shares

एजेन्सी, मंसिर १७
अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् । सोमबार फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीले कीर्तिमानी छैटौपटक यो अवार्ड हात पारेका हुन् ।

Advertisement

मेस्सी २०१९ को उत्कृष्ट खेलाडी बन्ने क्रममा युभेन्टसका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडियो माने र भर्जिल भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा विजेता छान्ने यो अवार्ड जितेसँगै मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी बने ।

Advertisement

मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यस अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् । महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top