१७ मंसिर, बागलुङ ।
बागलुङको पश्चिम बडिगाडमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। गुल्मीको इश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको हो ।
मध्यपहाडी लोकमार्गबाट करिब ३ सय मिटर तल खोलामा खसेर दुर्घटना भएको जीपमा गम्भीर घाइते भएका तीन जनालाई भने स्थानीय र प्रहरीले उद्धार गरी स्वास्थ्य संस्था तर्फ पठाएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए।
एक बालक हराइरहेका छन्। दुर्घटनामा परेका सबै निसीखोलामा कुलपुजाका लागि जाँदै गरेको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी छ।