१८ मंसिर, विराटनगर ।
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) श्याम कुमार दाहाल घुस लिँदै गर्दा ७ हजार घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलिले बुधबार बेलुकी विराटनगर–६ स्थित घाँस चोकबाट पक्राउ गरेको हो ।
असई दाहाल विराटनगरको सिआरभी पोष्ट केशलिया मार्गमा कार्यरत थिए । दाहालले भारतबाट आयत भएको तरकारी चेकजाँच नगर्ने भन्दै घुस मागेपछि उनी विरुद्ध अख्तियारमा उजुरी परेको अख्तियार ईटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए । दाहालले को सँग घुस लिएको भन्ने बारेमा भने अख्तियारले बताएको छैन ।
दाहालमाथि अख्तियारले आवश्यक अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।