लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश

लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश

३ पौष, एजेन्सी । इङ्गलिस फुटबल क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कतारको दोहामा गएराती भएको सेमिफाइनल खेलमा मेक्सिकन क्लब मोन्टेरीलाई २–१ ले हराउँदै लिरभपुल फाइनलमा पुगेको हो ।

खालिफा अन्तर्राष्ट्रिय मैदानमा लिरभपुलका लाग नाबी केइटा र रोबर्टो फर्मीनोले एक एक गोल गरे ।

पराजित टोली मोन्टेरीका रोग्लीयो फ्युनेस मोरीले एक गोल फर्काए । लिभरपुलले अब फाइनलमा ब्राजिलियन क्लब फ्लेमेन्गोसँग उपाधिका लागि खेल्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.