४ पुस, काठमाडौँ ।
प्रतिनिधिसभाको रिक्त रहेको सभामुख चयन प्रकृया एकहप्ता पछि मात्रै आरम्भ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलका नेता देव गुरुङले बताएका छन । प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा समाचारदाताहरुसँग कुरा गर्दै सचेतक गुरुङले ११ गतेबस्ने संसद बैठकले सभामुख चयन प्रकृया सुरु गर्ने बताएका हुन् ।
सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने प्रावधान अनुसार सबै दलहरुसँग सहमति खोज्नुपर्ने भएकाले प्रकृया केही ढिला भएको उनले बताए । यता समावादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताएका छन् । सुविधाजनक दुई तिहाईको सरकारले चाहेको निर्णय गर्न सक्ने भन्दै उनले सभामुख र उपसभामुखमा आफ्नो दलको कुनै दाबी नरहेको बताएका हुन् ।
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौंन दुव्र्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए । महराको राजीनामा सँगै सभामुख पद खाली रहेको छ ।