पोखरा प्रिमियर लिगः पोखरा पल्टन बुटवल ब्लास्टर्ससंग ८ विकेटले पराजित

४ पौष, कास्की । पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको छ । पोखराले प्रतियोगितामा दोस्रो जित निकाल्दा पोखरा पल्टनले तेस्रो हार बेहेर्‍यो ।

पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन बनायो । उसले सुरुवात राम्रो गर्न सकने । एको हो । उसले सुरुआत भने राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल खाता नखोल्दै पेभेलियन फर्कँदा पोखराले ११ रन हुँदा कप्तान शरद भेषावकरलाई व्यक्तिगत ७ रनमा गुमाएको थियो ।

टिमको स्कोर २५ रन हुँदा विनोद भण्डारी पनि ३ रन बनाएर पेभेलियन फर्किए । चौथो विकेटको रुपमा इशान पाण्डे आउट हुँदा पोखराले ३२ रन बनाएको थियो । पाण्डे १३ रनमा आउट भए । पाँचौँ विकेटको रुपमा ६९ रन हुँदा रोहितकुमार पौडेल आउट भएका थिए । रोहित १९ रन बनाएर आउट भएका थिए ।

पोखराका लागि रविइन्दर सिंह र प्रथमेस डेकेले स्कोर १०० रन कटाए । रविइन्दर ४४ रनमा अविजित रहँदा डेके पनि २० रनमा अविजित रहे ।
बुटवलका हर्ष टंकले २ तथा ललित भण्डारी, नितेश थाप र शिवम् सिंहले एक–एक विकेट लिए ।

जवाफमा सोमपाल कामीको ठाण्ँमा सिद्धान्त लोहनीले कप्तानी गरेको बुटवलले १४ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

बुटवलले उत्कृष्ट सुरुवात गर्याे, उसका लागि शंकर राना र अफ्ताविद्दुन अहमदले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरे । शंकर १९ रनमा आउट हुँदा बुटवलको पहिलो विकेट खस्यो । त्यसपछि १ सय पाँच रन हुँदा बुटवलले दोस्रो विकेट गुमायो ।

तर त्यसपछि अहमदले विस्फोटक ७५ रनको पारी खेल्दा बुटवलले सहज जित हात पार्‍यो । उनले ४६ बलमा १२ चौका र दुई छक्का प्रहार गरे । जितसँगै बुटवल तीन खेलमा चार अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top