आजका प्रमुख खबरहरुः
१.(समावेशीताको आवाज)
प्रदेश १ को मन्त्रिपरिषदमा महिला र दलितको समावेशीता नभएको भन्दै प्रदेशसभा सदस्य, महिला र दलित अधिकारकर्मीद्वारा ध्यानाकर्षण / सरकारले पूर्णता नपाउँदा भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार मन्त्रालय नेतृत्वविहीन ।
२.(ट्वीटरले बबण्डर)
प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतको कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भएको विषयमा अनुसन्धान जारी / भिडिओ रिट्वीट भएको विषयमा अनुसन्धान गर्न ब्युरोले टेक्निकल टिमलाई खटाइयो ।
३.(मिलेनियमको विवाद)
नेपालमा लगानी वृद्धि एवं आर्थिक विकासमा तीब्रता ल्याउने उद्देश्यसहित सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनसँग गरेको सम्भmौता विवादित बन्दै / संसदको हिउँदे अधिवेशनबाटै सम्झौता अनुमोदन गर्न सरकारलाई आग्रह ।
४.(नेकपाको निर्णय)
नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्सा अस्वीकार गर्ने सत्तारुढ दल नेकपाको निर्णय / एमसीसी परियोजनाका सन्दर्भमा इण्डो प्यासिफिक रणनीति अन्तर्गत होइन भन्ने कुरा अमेरिकालाई स्पष्ट पार्न अनुरोध गरिने ।
५.(लेखापरीक्षकलाई फटकार)
मुल्य मान्यता भन्दा बाहिर गएर नक्कली कम्पनीहरुको लेखापरीक्षण नगर्न लेखा परीक्षकहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडाको आग्रह / नक्कली कम्पनी खडा गरी ठगी गर्नेहरुको संख्या बढिरहेको चेतावनी ।
६.(जनप्रतिनिधीको अपहरण)
दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा / अपहरण नेत्रविक्रम चन्द समूहले गरेको अनुमान / शाहीसँगै अपहरणमा परेका भाई र श्रीमती भने रिहा ।
७.(भ्रष्टाचारको कारक)
लेखापरीक्षकहरुका कारण भ्रष्टाचार बढ्दै गएको अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको भनाई / लेखापरीक्षकहरुले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको उल्लेख ।
८.(ज्यान मुद्दामा अध्यक्ष)
सवारी ज्यान मुद्दामा सजाय पाएर फरार रहँदै आएका बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउत पक्राउ / पक्राउ परेका राउत २९ दिन कैद र दुई हजार रुपैयाँ जरिवानासहित कारागार चलान ।
९.(लागूऔषधको ट्रान्जिट)
६ केजी कोकिनसहित बेलारुस र बोलेभियाका चारजना विदेशी नागरिक काठमाडौबाट पक्राउ / कमजोर विमानस्थल सुरक्षा भएका देशहरुको बाटो हुँदै नेपाल भित्र्याउने र अन्य मुलुकमा तस्करी गर्ने ट्रेण्ड देखिएको प्रहरीको भनाई ।
१०.(विप्लवलाई झड्का)
वैदेशिक रोजगार ब्यवसायी रोहन गुरुङको घरमा बम विस्फोट गराएको आरोपमा विप्लव समूहका ५ जना केन्द्रीय स्तरका नेता पक्राउ /पक्राउ पर्नेमा सञ्जीव लामा, तिलकबहादुर गुरुङ, वकिल घर्तीमगर, त्रिलोचन विक र दुर्खाबहादुर तामाङ ।
११.(हतियार भण्डार)
सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित एकता टोलबाट अत्याधुनिक हतियार एस.एल.आरसहित ९ हजार बढी गोली बरामद / हतियार तत्कालीन माओवादीले सेना समायोजनका बेला लुकाएर राखेको हुनसक्ने प्रहरीको अनुमान ।
१२.(पर्यटन प्रचार)
नेपालको शैक्षिक क्षेत्र पनि पर्यटन विकासका लागि महत्वपूर्ण भएको पर्यटनमन्त्री योगेश भट्टराईको भनाई / पर्यटन वर्ष २०२० को उद्घाटनमा उत्साहजनक सहभागिता जनाउन शैक्षिक संगठनहरुलाई आग्रह ।
१३.(विकासमा अंकुश)
निजगढ अन्तर्रा्िष्ट्रय विमानस्थल निर्माण विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेश जारी / अन्तरिम आदेशलाई निरन्तरता दिएपछि विमानस्थल निर्माणमा अन्योलता ।
१४.(अन्तिममा विराटनगर)
पोखरा प्रिमियर लिगमा विराटनगरलाई १८ रनले हराउँदै साविक उपविजेता चितवन राइनोज एक खेल अगाडि नै प्लेअफमा / बुटवल ब्लास्टर्स धनगढी एक्स्पर्टलाई ७ विकेटले पराजित गर्दै प्ले अफमा ।
र,
१५.(उग्रबन्दै प्रदर्शन)
भारतीय नागरिकता संशोधन विधयेकविरुद्ध जारी प्रदर्शनमा अहिलेसम्म २३ जनाको मृत्यु /सयौं घाइते तथा पक्राउ / भारतीय राज्य उत्तरप्रदेशका प्रदर्शनहरु बढी हिंसात्मक बन्दै ।