×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सूर्यग्रहण लाग्दैछ कसरी हेर्ने ? के गर्ने अनि के नगर्ने ? भिडियो सहित

१० पुस, काठमाडौँ । बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । काठमाडौँमा बिहान ८ बजेर ४३ मिनेट, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटबाट सूर्यग्रहण लागेको देखिने छ ।

खगोल विज्ञानले ग्रहण लागेको बेला गर्न हुने÷नहुने केही नरहेको बताउँछ । तर धार्मिक मान्यतासँगै ज्योतिष विज्ञानले भने सूर्य ग्रहणको बेला गर्न हुने र नहुने कार्यलाई वर्गीकरण गरेको छ । उक्त मान्यता बमोजिम ग्रहण लागेको बेला दानपुण्य गर्ने, भिक्षा दिने, धार्मिक कार्य गरे राम्रो प्रतिफल पाउने हो । ज्योतिषका अनुसार ग्रहण लागेको गंगा स्नान गर्ने, मन्त्र सिद्धि प्राप्त गर्ने, गुरु बनाउने जस्ता कार्यको प्रतिफल राम्रो हुन्छ । धार्मिक मान्यता बमोजिम सूर्यलाई भगवानको रुपमा पूजिन्छ । सूर्यमाथि दोष लागेको बेला र भगवान नै पीडामा हुँदा मनोरञ्जनात्मक गतिविधि गर्दा श्रापित हुने र पाप कर्मको रुपमा गणना हुने गर्दछ । अन्य दिन जसरी नै सूर्य ग्रहणको बेला पनि सूर्यलाई नाङ्गो आँखाले हेर्न नहुने मान्यता छ । ग्रहण लागेको बेला सूर्यको प्रकाश छेकेर आउने हो, अन्य दिन प्रत्यक्ष रुपमा पृथ्वीमा पर्दा विकीरणबाट हुने असर ग्रहण लागेको बेला छेकेर आउने हुँदा विकीरणको प्रकोप कम हुने गर्दछ । १६ डी आइएन भन्दा कम लेन्स भएको काँचले सूर्यलाई हेर्न हुदैन तर, छायाँ पारेर वा सूर्य ग्रहण हेर्न प्रमाणित पोलिमरको चश्मा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

Advertisement
Advertisement

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार काठमाडौँ र महेन्द्रनगरबाट ३९ प्रतिशत एवं भद्रपुर, झापाबाट ३६ प्रतिशत सूर्यग्रहण लाग्ने छ । उनले सङ्ग्रहालयबाट टेलिस्कोपको सहायताद्वारा सूर्यग्रहणको अवलोकन प्रत्यक्ष रूपमा सर्वसाधारणलाई गराइने व्यवस्था मिलाएको जानकारी दिए । नेपालबाट बिरल छायाँ र खण्डग्रास मात्र देखिने छ । बिरल छायाँ सूर्य ग्रहण लाग्दा सुरुमा परेको छायाँ हो र यसलाई सामान्य रूपमा देखिँदैन । डा. शर्माका अनुसार सूर्यग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोप प्रयोग गरेर कदापि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रने सम्भावना रहन्छ । ज्योतिषी दीपक सुवेदीका अनुसार सूर्यग्रहणको तीन दिन अघिदेखि तीन दिन पछिसम्म सुतक लाग्छ । कुनै राशिले पनि सूर्यग्रहण नाङ्गो आँखाले हेर्न नहुने र मेष, वृक्ष तथा मिथुन राशिलाई हानिकारक छ । त्यसपछि सिंह, कन्या, वृश्चिक, धनु, मकरलाई पनि नराम्रो छ ।

नक्षत्रका आधारमा कर्कट, तुला र मीन राशिलाई भने हानिकारक छैन । सूर्यग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधार प्राप्त हुन सकेको छैन । पृथ्वीको केही भागको करिब १०० किमिको ब्यान्डबाट वलयाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ । अर्थात चन्द्रमाको छायाँको व्यास सूर्यको भन्दा सानो भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि रिङजस्तो देखिन जाने छ । यसलाई ‘रिङ अफ फायर’ पनि भनिन्छ ।

यस्तो देखिने स्थानहरू साउदी अरबबाट सुरु भएर कतार, यूएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलङ्का, बङ्गालको खाडी, मलेसिया, इन्डोनेसिया, सिङ्गापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुने छ । तर बिरल छायाँ भने पूर्वी युरोपका केही भाग, एसियाका अधिकांश भाग, अस्ट्रेलियाको उत्तरी भागबाट देख्न सकिने छ । वलयाकार सूर्यग्रहण काठमाडौँबाट दृष्टिगत हुने छैन तर खण्डग्रास सूर्यग्रहणको रूपमा अवलोकन गर्न सकिन्छ ।

सामान्यतया व्याख्या गर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्यग्रहण लाग्न जान्छ । पृथ्वीको एक स्थानमा खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्षपछि मात्र लाग्छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top