सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

१४ पुस, इटहरी ।
बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न सुनसरी जिल्ला अदालतले आदेश दिएको छ । सोमबार न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा गिरीलाई मंसिर १६ गते प्रहरीले आईसीयुबाटै पक्राउ गरेको थियो । उनीमाथि गत कात्तिक ४ गते एक महिलाले उजुरी दिएकी थिइन् । गिरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.