नोबेलका बिद्यार्थीले बिपन्नलाई बाँडे न्यानो कपडा

नोबेलका बिद्यार्थीले बिपन्नलाई बाँडे न्यानो कपडा

१४ पुस, बिराटनगर ।
नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका बिद्यार्थी र कर्मचारीहरुले शितलहर प्रभावित बिपन्न परिवारलाई न्यानो कपडा प्रदान गरेका छन् । रेडियोग्राफी दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुको अगुवाईमा ३१ बिपन्न परिवारलाई न्यानो कपडा प्रदान गरिएको हो ।

बिराटनगर–१ स्थित सिंघिया खोला आसपास क्षेत्रमा बसोबास गर्ने सुकुम्वासी परिवार र बिराटनगर–३ ईक्राहीका शितलहर प्रभावित गरिब तथा बिपन्न परिवारलाई सिरक र म्याट प्रदान गरिएको रेडियोग्राफी दोस्रो बर्षमा अध्ययनरत युनिका न्यौपानेले जानकारी दिईन् । जाडो याममा न्यानो कपडा नहुँदा कठ्यांग्रिएर बस्न बाध्य बृद्ध–बृद्धा र बालबालिकालाई लक्षित गरी कपडा प्रदान गरिएको न्यौपानेले बताईन् ।

नोबेल शिक्षण अस्पताल परिसरमा कार्यक्रम गरी करिव ७० हजार मुल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माकी आमा होमादेवी न्यौपाने, कलेजका शिक्षक कमल पराजुली, दुर्गा चौलागाई, सुस्वास्थ्य फार्मेसीका सञ्चालक अनिल शर्मा, नोबेल फार्मेसीका बिपिन काफ्ले लगायतले सामाग्री हस्तान्तरण गरेका थिए । उनीहरुले गरिब तथा बिपन्न परिवारलाई कार्यक्रममा भोजनसमेत गराईएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.