आधा किलो सुनसहित एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आधा किलो सुनसहित एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ

१५ पौष, काठमाडौं । त्रिभुवन विमानस्थलमा आधा किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । महाराष्ट्र ठाणेका सुनिल हरिराम पक्राउ परेको प्रहरीले जनाएको हो ।

मंगलबार बिहान साढे ८ बजे फ्लाइ दुबईबाट काठमाडौं ओर्लेका उनले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको प्रहरीले बताएको छ । उनले दुई वटा प्लाष्टिकमा पोको पारेर २५० ग्राम र २५० ग्राम सुन मलद्वारमा लुकाएर ल्याएका थिए ।

एक्स-रे गरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला परेको प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.