कश्मीरमा मारिएका अर्जुनको सैनिक सम्मानसहित अन्त्येष्टि

१७ पुस ७६, शुक्रबार

१८ पुस, भारत ।
भारतको जम्मू–कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्प परिसरमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थियो । मगरका बुवा प्रेमबहादुर र श्रीमती सरिता लगायतका परिवार बिहीबारै बागडोगरा क्याम्पमा पुगेका थिए ।

बागडोगराको व्याङडुब्बी सैनिक टुकडीले करिव ५ सय मिटर शवयात्रा गरेको थियो । शवयात्रापछि भारतीय सेनाका ब्रिगेडियर अविश यादव र मेजर जेनेरल अरुणकुमार गुप्ताले मगरको शवमा माल्यार्पण गरेका थिए ।

मेजर जेनेरल गुप्ताले मगरको शवमा ओडाइएको भारतको राष्ट्रिय झण्डा अर्जुनका बुवा प्रेमबहादुर र श्रीमती सरितालाई हस्तान्तरण गरेका थिए । ७० वर्षीय प्रेमबहादुरले छोराको शवमा दागबत्ती दिएका थिए ।

सैनिकले मगरको सम्मानमा सलामी पनि दिएका थियो । गत बुधबार जम्मू–कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत २५ वर्षीय अर्जुन थापामगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको थियो । (कान्तिपुर)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top