ठगी आरोपमा व्यापारी महेन्द्र सारडा पक्राउ

१७ पुस ७६, शुक्रबार

१८ पुस, काठमाडौं ।
उपभोक्ता ठगेको आरोपमा व्यापारी महेन्द्र सारडा पक्राउ परेका छन् ।

Advertisement

महानगरीय अपराध महाशाखाको टोलीले सारडालाई थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको हो । सारडा मोरङको टंकिसिनुवारीस्थित पायोनियर इलेक्ट्रिक प्रालीका सञ्चालक हुन् ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार इलेक्ट्रोनिक्स केबुलको परिमाण भन्दा कम लम्बाई राखेर सामान विक्री गरेको आरोप उनलाई लगाइएको छ । थापाथलीस्थित अधिकृत विक्रेताको कार्यालयमा प्रहरीले सिलबन्दी गरेको छ ।

Advertisement

‘एक रोलमा एक सय मिटर हुनुपर्नेमा कम्पनीबाटै ५ देखि २० मिटरसम्म कम परिमाण राखेर प्याकेट तयारी गर्ने गरेको पाइयो,’ एसएसपी थापाले भने, ‘हामीलाई केही उजुरी परेका थिए, त्यसको अनुसन्धान गर्नेक्रममा शुक्रबार सारडालाई पक्राउ गरिएको हो ।’

प्रहरीले स्याम्पलको रुपमा केबुलका ६ थान प्याकेट पनि बरामद गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top