राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ५बाट ९ जनाको उम्मेद्वारी

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ५बाट ९ जनाको उम्मेद्वारी

२० पुस, बुटवल ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर ५ बाट ९ जनाको उम्मेद्वारी परेको छ ।

आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा ३ पदको लागि पाँच नम्बर प्रदेशमा ४ दलले मनोनयन दर्ता गराएका हुन् । निर्वाचनमा ९ जनाले उम्मेदारी दिएको निर्वाचन आयोग जनाएको छ ।

तीन पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबाट गरि ९ जनाको उमेद्वारी दर्ता भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट दाङका जगतप्रसाद शर्मा, रुपन्देहीबाट गोपाल भटराई र कपिलवस्तुबाट विमला घिमिरेले उमेद्वारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेसबाट दाङकी गिरिजादेवी न्यौपाने, अर्घाखाँचीका बालकृष्ण पाण्डे र बाँकेका मेराजअहमद हलवाईले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

त्यसैगरी, समाजवाादी पार्टीका तर्फबाट बाँकेबाट सुनिल सिंघल र बर्दियाका कृष्णप्रसाद यादवले उमेद्वारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलवस्तुका शिव पौडेलले उमेद्वारी दर्ता गराएका छन ।

प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मिना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ वर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा ८७ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १८ गरि ३ सय ५ जना मतदाता रहेको निर्वाचन कार्यालय जनाएको छ । हालै प्रदेश नम्बर ५ को मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा स्थापना गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.