आजका प्रमुख खबरहरुः
१.(छिमेकीको धर्म)
काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई चीन ’डिपोर्ट’ गर्ने प्रकृया सुरु /९२ जनाको राहदानी नरहेको देखिएपछि ’ट्राभल डकुमेन्ट’ बनाइदिन चिनियाँ दूतावासलाई अध्यगमन विभागको आग्रह ।
२.(जातको राजनीति)
प्रदेश ३ को नाम नेवाःताम्सालिङ प्रदेश राख्नुपर्ने भन्दै विभिन्न जातिय संस्थाहरु विरोधमा उत्रिए /प्रदेश ३ को नाम बागमती राख्ने नेकपा सचिवालय बैठकको निर्देशनविरुद्ध सोमबार माइतीघरमा विरोध प्रदर्शन ।
३.(मेडिकलमा मनपरी)
विद्यार्थीबाट उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजको अटेर / शुल्क समायोजन कालागि विभिन्न चरणमा दबाब दिइएको भए पनि कलेज तयार नभएकोविद्यार्थीको आरोप ।
४.(सुरक्षा भत्ता खोई ?)
सामाजिक सुरक्षा भत्ता अविलम्व वितरण गर्नुपर्ने लगायतका १४ बुँदे माग राख्दै एक सातादेखि आन्दोलित सप्तरीको छिन्नमस्ता गाउँपालिकाका ज्येष्ठ नागरिकहरुद्वारा गाउँपालिकामा धर्ना/ धर्नाकाकारण गाउँपालिकाको कामकाज ठप्प ।
५.(खोई बाल संरक्षण ?)
नेपालमा किशोरीहरु उच्चजोखिममा रहेको राष्ट्रिय मानवअधिकार आयोगको भनाई /आर्थिक वर्ष २०७५/७६ मा २ हजार ४ सय ८१ जना बालबालिका हराएकोमा १ हजार २ सय २४ जना मात्रै फेला ।
६.(छाउगोड भत्काउ अभियान)
छाउपडि उन्मुलनकालागि थालिएको अभियान अन्तर्गत १३ सय छाउगोठ भत्काइएको गृह मन्त्रालयको दाबी /सुर्र्खेतमा १५ सय, अछाममा २५१ र जाजरकोटमा ४ वटा छाउगोठ भत्काउन बाँकी ।
७.(कारवाही होस्)
महिनावारी भएका बेला गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कडा कारवाहीगर्न म्हिला समितिको गृह मन्त्रालयलाई निर्देशन /कुसंस्कारको अन्त्य गर्न आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन ।
८.(इञ्जिनियरको इन्कम)
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर इञ्जिनियर सुभास बस्नेत घुसलिएको आरोपमा अख्तियारद्वारा पक्राउ/बस्नेतविरुद्ध झापामा सडक ग्राभेल गर्दा घुस मागेको उजुरी ।
९.(आवासकालागि अनुदान)
निजी आवास पुनर्निर्माण गर्न इच्छुक लाभग्राहीलाई अनुदान लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोक्यो समय सीमा/इच्छुक लाभग्राहीले पुस मसान्तसम्ममा पहिलो र वैशाख मसान्तसम्म दोस्रो किस्ता लिईसक्नुपर्ने ।
१०.(भारतीय लगानीमा चासो)
भारतीय सहयोगबाट हुने पुननिर्माणमा ढिलाई हुनुको कारणको जवाफ प्राधिकरणले दिनुपर्ने सांसदहरुको माग /भारतीय सहयोग ल्याउन पछिल्लो समय नयाँ शर्तहरु आएको समाचार आएको भन्दै त्यसलाई स्पस्ट पार्न आग्रह ।
११.(किर्तिमानी सुन)
अमेरिका र इरानबीचको युद्धको संभावनाका कारण नेपालीबजारमा सुनको मूल्यमा नयाँ रेकर्ड / एक वर्ष यता सुनको मूल्यप्रतितोला १६ हजार २ सय रुपैयाँले वृद्धि /सोमबार सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँमा कारोवार ।
१२.(गरिबलाई राहत)
१० युनिटसम्म विद्युत् खपत् गर्ने ग्राहकलाई ३० रुपैयाँमात्रै लिने गरी शुल्कनिर्धारण गर्ने नेपालविद्युत् प्राधिकरणको तयारी/ विद्युत् खपत बढाउने हिसाबले शुल्क परिमार्जन गर्न लागिएको मन्त्री वर्षमान पुनको भनाई ।
१३.(सुरक्षित बनौं)
अमेरिका र ईरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीलाई नेपाली दुतावासको सम्पर्कमा रहन नेपाल सरकारको अनुरोध / इराकमा अवैधानिक बाटोबाट पुगेका १५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान ।
१४.(शीर्षको बराबरी)
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबको खेल बराबरीमा सकियो/ जावलाखेल युथ क्लब र न्यू रोड टिम (एनआरटि) बीचको खेल गोलरहित बराबरीमा रोकियो ।
र,
१५.(संयमता अपनाउ)
इरानका सैन्य कमाण्डरको अमेरिकाले हत्या गरेपछि इरान झनै आक्रोशित/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ९ अर्व रुपैयाँ पुरस्कार दिने इरान पक्षधरको घोषणा /इरानले आक्रमण गरे त्यसको जवाफ तुरुन्तदिने ट्रम्पको प्रतिक्रिया ।