सिड्नी प्रहरीले रोक्यो नेपाल भ्रमण वर्षको र्‍याली

सिड्नी प्रहरीले रोक्यो नेपाल भ्रमण वर्षको र्‍याली

२२ पुस, काठमाडौं ।
अष्ट्रेलियामा पर्यटनमन्त्री योगेश भट्टराईले नेतृत्व गरेको नेपाल भ्रमण वर्ष २०२० को र्यालीलाई प्रहरीले रोकेको छ । मन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल लगायतका सहभागीहरु र्याली सुरु गर्न ठिक्क परेको बेला सिड्नी सिटी काउन्सिलले रोकेको हो ।

र्यालीका लागि अनुमति नलिएको तर्था याली व्यवसायिक लाभका लागि भएको प्रहरीले बताएको छ । र्यालीमा सहभागीहरुको संख्या ठूलो भएको र यसले पैदलयात्रीलाई अवरोध गर्ने समेत प्रहरीको तर्क थियो ।

नेपाल भ्रमण वर्ष २०२० को अन्तर्राष्ट्रिय शुभारम्भ अष्ट्रेलियाबाट गर्न भन्दै मन्त्री भट्टराई सिड्नी गएका थिए । नेपाल भ्रमण वर्षको सुरुवात जनवरी १ तारिख (पुस १६ गते) काठमाडौंको दशरथ रंगशालाबाट गरिएको थियो । सोही दिन सातवटै प्रदेशमा पनि भ्रमण वर्षको उदघाटन गरिएको थियो ।

डढेलोका कारण अष्ट्रेलिया संकटमा परिरहेको बेला नेपाल भ्रमण वर्षको तामझामका लागि मन्त्री भट्टराई सिड्नी उडेपछि उनको आलोचनासमेत भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.