कान्ति बाल अस्पतालले दियो ७० हजारलाई ओपिडि सेवा

२१ पुस ७६, मंगलबार

२२ पुस, काठमाडौँ ।
कान्ति बाल अस्पतालले चालु आर्थिक वर्षको पुस महिनासम्म ७० हजार बालबालिकालाई ओपीडि सेवा दिएको जनाएको छ । अस्पतालको ५८ औं वार्षिकोत्सव कार्यक्रममा दिइएको जानकारी अनुसार ओपीडि तर्फ ७० हजार र आकस्मिकतर्फ २७ हजार बालकालिकालाई सेवा दिइएको छ ।

अस्पतालका निर्देशक डाक्टर आर.पी. बिच्छाले गत आर्थिक वर्षमा ओपीडि तर्फ १ लाख ५५ हजार र आकस्मिकतर्फ ५५ हजार बालबालिकालाई सेवा दिइएको बताए । हरेक वर्ष १० देखि १२ प्रतिशत सेवाग्राही बढेको उल्लेख गर्दै बिच्छाले गतवर्ष २ हजार बालबालिकाको शल्यक्रिया गरिएको र १० हजारले अन्तरंग सेवा लिएको बताए ।

कान्तिमा आइसियु बेडको अभावका कारण देशका विभिन्न ठाउँबाट आउने विरामीलाई अन्य पठाउनुपर्ने अवस्था अझै पनि रहेको उनले बताए । विज्ञहरुको सल्लाह अनुसार २ महिना पहिले १० बेडको इन्टरमिडियट केयर युनिट स्थापना गरिएपछि करिब ७० प्रतिशत बालकालिकालाई नीजि अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको उनले बताए । अझैपनि एकदिनमा ४÷५ जना बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता कान्तिमा रहेको छ ।

Advertisement

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रोेफेसर डा. डिएन शाहले बालरोगको क्षेत्रमा नेपालले गरेको केही विश्वस्तरिय अनुसन्धान गर्व गर्न लायक भएको बताएका छन् । कान्ति बाल अस्पतालले अहिले २४ घण्टे सिटिस्क्यान सेवा सुरु गरेको छ, भने २ सिफ्टमा अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहेको छ । अबको १ वर्षभित्र करिब ५० जना बस्न मिल्ने कुरुवा घरको स्थापना गर्ने योजना अस्पतालले बनाएको छ । त्यसका लागि डिपिआएर तयार भएर नक्सा समेत पास भइसकेको छ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top