कृषि फार्ममा आगलागी, डेढ करोडभन्दा बढीको क्षति

कृषि फार्ममा आगलागी, डेढ करोडभन्दा बढीको क्षति

२३ पुस, लमजुङ ।
लमजुङको मध्यनेपाल नगरपालिका–१ जिता देउरालीमा रहेको चिनारी कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ ।

फार्ममा रहेका ५० बाख्रा र एक सय लोकल कुखुरा जलेर नष्ट भएको छ । मंगलबार साँझ पौने ७ बजे अचानक विद्युत् सर्ट भएपछि फार्ममा आगलागी भएको हो ।

फार्ममा एक सय ७० बाख्रा र तीन सय लोकल कुखुरा थिए । आगलागी हुँदा बाख्राका दुईवटा आधुनिक खोर र गोदाम घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब डेढ करोड बढी क्षति भएको छ ।

२०७२ सालबाट ६० वटा बाख्रा र ५० वटा लोकल कुखुराबाट डेढ सय रोपनी जग्गामा चिनारी कृषि फार्म सञ्चालन गरिएको हो । सुरुमा ४ करोड लगानीबाट सुरु गरिएको फार्ममा हाल पाँच करोड लगानी पुगेको सञ्चालक भरतराज पोखरेलले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.