रंगशाला झगडा प्रकरण : ६ खेलाडीलाई प्रतिबन्ध

२४ पुस ७६, शुक्रबार

२५ पुस, काठमाडौं ।
काठमाडौँमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौ चरणको खेलमा मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको खेलपछि भएको झगडाको घटनालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ खेलाडीलाई कारवाही गरेको छ ।

बिहीबार आफ्नो वेबसाइटमा सूचना जारि गर्दै एन्फाले मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५–५ खेल तथा अन्य ४ खेलाडीलाई २–२ खेल प्रतिबन्ध लगाएको जनाएको हो ।

एन्फाका अनुसार जगजित र अशोकले जरिवाना स्वरुप जनही १० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । अशोकले उक्त खेलपछि रातो कार्डसमेत पाएका हुनाले उनले ६ खेल गुमाउनेछन् । मनाङका रंजन विष्टलाई पनि २ खेल प्रतिबन्ध लगाइएको छ ।

यता मछिन्द्रबाट दीपक राई, देवेन्द्र तामाङ र विजय धिमालले पनि २–२ खेल प्रतिबन्ध भोग्नेछन् । मनाङका अफिसियल शिव लामाले भने लिग अवाधिबर प्रतिबन्ध भोग्दै १० हजार रुपैयाँ जरिवाना समेत तिर्नुपर्ने भएको छ । उनले मैदान प्रवेश विपक्षी खेलाडीलाई अपशब्द बोल्दै स्थिति तनावग्रस्त बनाएका थिए । एन्फाले दुवै क्लबलाई ५०–५० हजार जरिवाना समेत गराएको छ ।

लिग अन्तर्गत सोमबार दशरथ रंगशालामा उपाधि दाबेदार र हाल लिगका दुई शीर्ष टोलीबीचको खेल २–२ को बराबरीमा सकिएको थिए । तर, खेल सकिएपछि रेफ्रीसँग मैदानको बीच भागमा गएर एकआपास हात मिलाउनु पर्ने दुई टोलीका खेलाडी हात हालाहालमा नै उत्रिएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top