मर्निङ वाकमा गएका एक युवकको टिपरले किचेर हत्या

२५ पौष, धनुषा । धनुषामा टिपरले किचेर एक युवकको हत्या गरिएको छ । मिथिला नगरपालिका(५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई शुक्रबार बिहान साढे चार बजेतिर मर्निङ वाकमा गएका बेला ना ७ ख ६४१३ नम्बरको टिपरले किचेको हो।

Advertisement

टिपरले किचेका महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले किचेर हत्या गरेको देखिएको बताए। घटनालगत्तै प्रहरी पुगेर शव र टिपरलाई नियन्त्रणमा लिएको छ। महतो भारतमा इन्जिनियरिङ पढ्दै थिए।

Advertisement

उनको हत्यापछि स्थानीयले मिथिला नगरपालिकाको श्रीपुरस्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्। महतोले स्थानीय खोलामा भइरहेको अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका थिए।

आज बिहान उत्खनन भइरहेको ठाउँमै महतोको हत्या भएको हो । अवैध रूपमा खोलामा भइरहेको उत्खननको विरोध गरेकाले क्रसर सञ्चालकले महतोको हत्या गरेको स्थानीयको भनाइ छ । हत्याको विरोधमा स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top