विव्लव समूहका जिल्ला सदस्य मोहन सापकोटा पक्राउ

२४ पुस ७६, शुक्रबार

२५ पौष, पश्चिम नवलपरासी । संगठित अपराध र बम विस्फोट मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ निवासी २६ वर्षीय सापकोटालाई आज इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

विसं २०७५ फागुन ३० गते चन्द समूहले गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति पश्चिम नवलपरासीको सरावल–१ तुल्सीनगरस्थित पूर्व–पश्चिम राजमार्गमा दुइटा ट्रकमा आगो लगाई संगठित अपराध गरेको सापकोटामाथि आरोप लागेको थियो ।

Advertisement

त्यस्तै, २०७६ साउन १६ गते बर्दघाट(१३ धनेवास्थित एनसेल टावरमा बम विस्फोटमा संलग्न रहेको मुद्दामा सापकोटा फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका सापकोटालाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान थालिएको उनले बताए । (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top