पौष २५ , धनकुटा। धनकुटाको चौबिसे गाउँपालिका २ स्थित बतासे शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे फिमरे खोल्सीमा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान स्थानीय ३० बर्षिय टेकबहादुर लिम्बुको खोल्सीमा ढुङ्गाले टाउकोमा ठोक्किएर मृत्यु भएको अवस्थामा पैदलयात्रीले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
विहीबार राती बजारबाट घर तर्फ जाने क्रममा को २८ प ८०५२ नंबरको मोटरसाईकलमा सवार उनी सडक बाट अंदाजी २,३ मिटर तल झर्दा उनको मृत्यु भएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।