आफैँलाई गोली हानी प्रहरी हवल्दारले गरे आत्महत्या

२६ पुस ७६, आइतबार

२७ पौष, जाजरकोट । जाजरकोटमा एक जना प्रहरीले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।

Advertisement

जाजरकोटको नलगाड नगरपालिकास्थित दल्लीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हवल्दार कठायतले ड्युटीमा रहेका बेला आफूले बोकेको हतियारले आफैँलाई गोली हानेका हुन् ।

Advertisement

आइतबार बिहान उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top