हिउँ खेलेर फर्किएका इटहरीका युवकले तमोरमा हामफाले

हिउँ खेलेर फर्किएका इटहरीका युवकले तमोरमा हामफाले

२७ पुस, धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीमा हाम फाल्दा १ जनाको मृत्यु भएको छ ।

ईटहरी उपमहानगरपालिका–१ आपगाछी बस्ने ३३ वर्षीय राजन चौधरी र २९ वर्षीय अञ्जिल मगर तेह्रथुम जिल्लाको तिनजुरे भन्ने स्थानमा हिउँ खेलेर फर्कने क्रममा शनिबार राती ११ उक्त पुलमा आएपछी को ३५ प ४१०१ नम्बरको मोटरसाईकल रोकेपछि राजन चौधरी तमोर नदीमा हाम फालेका थिए ।

घटनाबारेमा प्रहरी चौकी मुलघाटमा जानकारी गराउनासाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले पानीमा रहेको राजनको शबलाई निकालेको थियो ।

घर फर्किदै गर्दा युवकले किन नदीमा हामफाले भन्ने विषय खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाईकल चालक अञ्जिल मगरलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.