रियाललाई स्पेनिस सुपरकपको उपाधि

२७ पुस ७६, सोमबार

एजेन्सी, पुस २८
एट्लेटिको मड्रिडलाई पराजित गर्दै स्पेनिस महारथी रियाल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।निकै नै तनावपुर्ण बनेको खेलमा १० खेलाडीमा समेटिएको रियालले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै सुपरकपको उपाधि जितेको हो ।

साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोट्र्स सिटीमा आइतबार राति भएको खेलमा निकै नै प्रतिस्पर्धात्मक खेलको निर्धारित र थप गरिएको समयमा कुनै पनि गाल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा रियालले बाजी मारेको हो ।

पेनाल्टीमा रियालका ड्यानियल कार्भाहल, रोड्रिगो, लुका मोड्रिच र कप्तान सर्जियो रामोसले गोल गरे । एट्लेटिकोका किरियन ट्रिपिएरले मात्रै गोल गर्न सफल भए । साउल निग्वेज थोमसले गोल गर्न सकेनन् ।

Advertisement

पेनाल्टीमा रियालका कार्भाहलले गोल गर्दा एट्लेटिकोका साउलको प्रहार बाहिरिएको थियो । रोड्रिगोले सहजै गोल गर्दा थोमसको प्रहार रियालका गोलरक्षक थिवाउट कोर्टुवाले बचाए । लुका मोड्रिचले गोल गरेपछि रियाल जिततर्फ अग्रसर बनेको थियो । त्यसपछि किरियन ट्रिपिएरले गोल गरे । त्यसपछि रियालका कप्तान सर्जियो रामोसले गाल गर्दै रियाललाई ४–१ को जित दिलाउदै स्पेनिस सुपरकपको उपाधि दिलाए ।

त्यसअघि रियालले खेलको सुरुवातदेखि नै बल पोजेसन राख्दै एट्लेटिकोलाई दवावमा राख्न सफल भएको थियो । पहिलो हाफमा दवै टोलीले उल्लेख्य पोस्ट आक्रणमण बुन्न सकेको थिएन । दोस्रो हाफमा पनि दुवै टोलीले गतिलो मुभ बनाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

Advertisement

अतिरिक्त समयको २५औं मिनेटमा रियाल १० खेलाडीमा समेटियो । अल्भेरो मोराटालाई फउल गरेपछि रेफ्रीले रियालका फेडरिको भालभेर्डे दोहोरो पहेँलो कार्डसहित मैदानबाट बाहिरिएपछि खेल केहीवेर तनावुपर्ण बनेको थियो । रेफ्रीले त्यसपछि रियालका ड्यानियल कार्भाहललाई र एट्लेटिकोका एन्जल कोरेरा र स्टेफान साभिकलाई पहेँलो कार्ड देखाएका थिए । गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top